Wednesday, December 15

तारा एयरको बिमान दूर्घटना,बिमान टूक्रा टूक्रा भएको भेटियो

तारा एयरको बिमान दूर्घटना,बिमान टूक्रा टूक्रा भएको भेटियो

 ३१,काठमाण्डौ । खोटाङ्गको लामीडाँडाबाट काठमाण्डौका लागी दिउँसो ४ बजेर ८ मिनेट जाँदा उडान भरेको तारा एयरको ९एन एएफएक्स बिमान उडान भरेको ५ मिनेटमै सम्पर्क बिहिन भएकोमा आज बिहान उद्धार कार्यमा गएको हेलिकप्टरले ओखलढूङ्गाको रुम्जाटार बिमानस्थलबाट नजिकै बिलम्बू गाविसको गौरीबनमा क्षतविक्षत अबस्थामा भेटिएको छ । दूई हेलिकप्टर हिजो दिउँसैदेखि खोजि कार्यमा लागेपनि कूनै सूराक पत्ता लाग्न सकेको थिएन । जहाजका पाईलट अनूपराज शाक्य,को पाईलट रबिन्द्र श्रेष्ठ र परिचारिका सदिक्षा गूरुङ्ग रहेका छन् भने यात्रूहरु १९ जना रहेको तारा एयरले जनाएको छ । १० महिला र ९ पूरुष यात्रूहरुमध्य एक बिदेशी रहेको पनि खूल्न गएको छ । एयरलाईन्सले दिएको यात्रू बिबरण अनूसार पि आर तामाङ्ग, जी शेर्पा,के एल शेर्पा,एल डब्लू शेर्पा,बिजी तामाङ्ग, के शेर्पा,जेइडी शेर्पा,पि डब्लू तामाङ्ग,के डब्ल्यू लामा, टि डब्ल्यू शेर्पा,एस तामाङ्ग,टिबी तामाङ्ग,छोडेक केल्साङ्ग,टिजी लामा,एस बी तामाङ्ग,मिस टिवाई शेर्पा,एस तामाङ्ग रहेका छन् । रुम्जाटार बिमानस्थलबाट घटनास्थलसम्म जानका लागी दूई हलिकप्टर प्रयत्नशिल रहेपनि घनाजंगलका कारण हेलिकप्टर ल्याण्ड गर्न कठिन रहेको संम्बन्धित उद्धार टोलिको भनाई छ भने प्रयास जारी छ । बिमानको अवस्थाबाट यात्रूहरु जिवित हूने संभावना कम रहेको हाम्रा ओखलढूङ्गा प्रतिनिधीले जनाएका छन् ।

No comments:

Post a Comment