Thursday, December 16

विन्डोज XP मा Task Manager र registry edit लाई Disable गर्न

तपाईं आफ्नो कम्प्युटरको registry edit सिस्टम कसैले नचलाओस भन्ने चाहनु हुन्छ ? अथवा कसैले तपाईंको कम्प्युटरको registry चलाईदिएर दिक्क मानिरहनु भएको छ ???

हुन पनि हो कम्प्युटरको registry part एकदम सम्बेदनशिल हुन्छ र कसैले यसलाई नजानीकन चलाईदियो भने पुरै कम्प्युटरको सिस्टममा नै खराबी आउन सक्छ । त्यसैले यो part लाई कसैले नचलाओस भन्नको लागि हामीले कम्प्युटरको registry editor लाई नै disable गरेर राख्न सक्दैनौ र ?
अबस्य पनि सक्छौ । र त्यसको लागि सजिलो तरिका तपाईंले तल दिईएका script लाई डाउनलोड गरेर प्रयोग गर्नु पर्ने हुन्छ ।
त्यस्तै तल राखिएको अर्को script को प्रयोग बाट कम्प्युटरको Task Manager लाई पनि disable गरेर राख्न सकिनेछ ।

Registry Editor लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
Task Manager लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

हरेक script लाई डाउनलोड गरीसकेपछि save भएका फाइल हरु regtools.vbs.txt र TaskMrgtools.vbs.txt लाई rename गरेर पछाडिको .txt लाई हटाइदिनुहोस् र आएको मेसेजमा Yes गरिदिनुहोस् । अब ति फाइलहरु .vbs script मा चेन्ज हुनेछ । अब registry editor लाई disable गर्न regtools.vbs लाई double click गर्नुहोस् । तपाईंको कम्प्युटरको Registry Editor disalbe हुनेछ । यदि फेरी तपाईंलाई यो enable गर्नु परेमा फेरी त्यही script लाई double click गर्नुहोस् । भन्नुको मतलब Script लाई पहिलो चोटि क्लिक गर्दा disable र दोस्रो चोटि क्लिक गर्दा enable हुनेछ ।

Enjoy !!!

No comments:

Post a Comment