Saturday, December 18

नेपाल

नेपाल

सुन्दर शान्त हरीयाली वनपाखा भएको ठाँउ ।
कतै डाँडा कतै पाखा मिलेको यो शहर र गाउँ ।।

सगरमाथा जस्तै सधै नेपालिको शिर उठोस ।
लालिगुरास डाँफे मुनाल कलकल झरना झरी रहोस।।
द्वन्द झगडा होइन अव देशको विकास अधि बढोस।
जातजाती होइन अब महिला पुरुष मात्र रहोस।।

विकास गर्ने मिलीजुलि राष्ट्र भक्ती गित गाउने ।
नेपालीको गौरब हो नेपाली भई बाँच्न पाउने।।

विश्वको नै नुमना देश यसलाई जोगाइ राख्नुपर्छ।
गरिव,धनी बराबरी नेपाली भई बाँच्नु पर्छ।।

कालापानी शुस्तातिर देश जोगाउन हामी जाऔ।
मर्न परे हामी मर्ने देश जोगाउने कसम खाऔ।।

No comments:

Post a Comment