एक जोडी प्रेमी, जो एक अर्कामा धेरै समर्पित थिए । प्रेमी सम्पन्न थिएन तथापि उसँग मायाका महत्वहरु अनगिन्ती थिए । प्रेमिका सम्पन्न थिई तापनि उसले प्रेमीलाई दिने बाचा बन्धनमा कुनै कन्जुस्याई गरेनन । उनिहरुले सँगै जिउने मर्ने कशम खाएका थिए । यसरी नै उनिहरुको दिन माया र कल्पनामा बितीरहेको थियो । एकदिन प्रेमिकाले प्रेमीलाई फोन गरी "तिमी र म बिचमा फाटो ल्याउने ठुलो समस्या आई लागेको छ, यसलाई समाधान गर्न आजै हामी सल्लाह गरौ न !" प्रेमिकाले प्रेमीलाई किर्तिपुरको चोभारको डाँडामा आउन भनी । उनिहरु समय समयमा नै पुगे ।
" ड्याडीमम्मीले अर्कै घरानिया केटासँग मेरो विवाहको कुरा छिनिसकेको र तिमीसँग कुनै पनि हालतमा पनि विवाह हुन नदिने हुनुभो । " प्रेमिकाले दु:ख ब्यक्त गरी । " मेरो विवाह हुन्छ भने मात्र तिमीसँग, अन्यथा मेरो बाच्नुको बिकल्प मृत्युवरण हो । " प्रेमी बोल्यो । लामो छलफल पश्चात कतै कुनै जिउने आधार नपाएपछि आफ्ना पुर्व बाचा स्वरुप दुबैले आत्महत्या गरौ भन्ने अन्तिम निचोडमा पुगे । तल बगिरहेको नदी, छेवैमा अग्लो डाँडा । "हाम्रो प्रेम अमर हुनेछ, एक दुई तीन" भन्दै प्रेमी नदिमा हामफाल्यो तर प्रेमिका सोही ठाउँमा अडिग रही । प्रेमीले अन्तत: नदीको छालमा छट्पटिदै आफ्नो प्राण बिसर्जन गर्यो । माथि डाँडा बाट यि द्रिस्यहरु नियालीरहेकी प्रेमिका प्रेमीको मृत्यु पश्चात काम तमाम भए जस्तो गरी पछि फर्के ।
नजिकै कुनै युवक यि सारा घटनाको दर्शकझै थियो । उसले तिनै प्रेमिकालाई सँकेत गर्दै भन्यो "कल्पना हिड जाँउ" ।
No comments:
Post a Comment